रचना रिमालले बेचिन औँठी र सिक्री

गायिका रचना रिमालले यसपाली पनि कोरोनाको कहरले जीवन कष्टकर बनेपछि आफ्नो बुढालाई औँठी र सिक्री बेच्न अनुमती दिईन।

यो प्रसङ्ग उनको नयाँ तीज गीत “कमाएर किनिदिउला”को हो। कोरोनाको कहरले कष्टकर बनाएको जीवनलाई सहज बनाउन औँठी र सिक्री बेच्ने प्रसङ्ग गायक तथा गीतकार गणेश पटनी भाटले यस गीत मार्फत राखेका छन्। उक्त गीत Nawaraj Kalauni युटुब मार्फत सार्वजनिक गरिएको छ।

यथार्थपरक यस तीज कोशेलीमा रचना रिमाल र गणेश पटनी भाटको स्वर, करिस्मा ढकाल, बिजय पुन, निक्स सर्मा र प्रतीक्षा खतिवडाको अभिनय रहेको छ। मौसम हिमालिको निर्देशनमा रहेको यस गीतको सङ्गीत नवराज कलौनीले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु