प्रेस संगठन नेपाल रुपन्देही जिल्ला समितिको प्रथम बैठक देवदहमा सम्पन्न

देवदह ।  पत्रकारहरुमा  बर्केनीङको पछि लाग्ने प्रवृति बढ्न लागेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले बताए । शुक्रबार प्रेस संगठन नेपाल जिल्ला समितिले रुपन्देहीको देवदहमा गरेको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

ठुला कर्पोरेट मिडियाहरुले जनतालाई विचारको राजनीतिबाट पाखा लगाउन खोजेको र श्रम जीविहरुको आवाज बुलन्द गराउन कान्तिकारी पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताए । देशभरमा भैरहेका विकृति, विसंगति र भष्ट्रचारको विभेदमा कलम चलाउन क्रान्तिकारी  पत्रकार डराउन नहुने बताउदै शासक वर्गले समाजमा भ्रम सिर्जना गरिरहेको र त्यस्ता भ्रमलाई चिर्न प्रेस संगठनका पत्रकार लाग्नुपर्ने बरालले बताए ।

पछिल्लो समयमा साभार गर्ने पत्रकारिताको विकृति रहेको बताउदै सांसद बरालले खोज पत्रकारिता पत्रकारिता गर्ने पत्रकार न्यून रहेको बताए । समाजमा रहेको पूँजिवादी विचारको अन्त्य गर्दै समाजवादको यात्रा तर्फ लाग्न पत्रकारहरुलाई  सुझाव दिए ।

भेलामा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जि. सी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुद्रहरी कुवर, मान सिंह बिस्वकर्मा लगायतले  मन्तव्य राखेका थिए ।

बैठकमा संगठनका जिल्ला अध्यक्ष कमल रायमाझीले संगठनका हालसम्मका गतिविधि, आगामी कार्य दिशाका बिषयमा एजेन्डा प्रस्तुत गरेका थीए । बैठक संगठनका कोषाध्यक्ष संजय लामा गुरुङ्गको स्वागत र जिल्ला सचिव  विष्णु पोखरेलको संचालनमा सम्पन्न भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु