मुख्यमन्त्रीसंग प्रेस संगठनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसी र मन्त्रीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा एक कार्यक्रम आयोजना गरि प्रेस संगठनले नवगठित लुम्बिनी प्रदेश सरकारसंग बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशले जनताको सरकारको आएको प्रत्याभूत गर्ने बताए । मिडिया क्षेत्रमा समेत ठुला र साना मिडिया हाउसको विचमा विभेद कायम रहेको बताउँदै केसीले लुम्बिनी प्रदेश सरकार पुर्ण रुपमा मिडियामैत्री हुने बताए । पत्रकारहरुले उठाएका मिडिया विधेयक लगायतका विषयमा बोल्दै उनले प्रदेश सरकारले राज्यको चौथों अंगलाई कुनैपनि रुपमा बन्देज नलगाउने उल्लेख गरे ।

त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक तथा योजनामन्त्री कृष्णध्वज खड्काले सरकार मिडियासंग हातेमालो गरेर अगाडि बढ्ने बताए । विगतको सरकारले जस्तो ‘जनविरोधी’ कार्य आफुले नगर्ने उल्लेख गर्दै मन्त्री खड्काले पत्रकारले दिएका सुझाबले आफुलाई थप जनपक्षीय हुन मद्दत गरेको जिकिर गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार विनोद पहाडी, डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि, प्रगतिशील पत्रकार श्याम पोखरेल, प्रेस मन्च नेपालका केन्द्रिय सचीव टोपराज शर्मा लगायतले आफ्नो धारणा राख्दै सरकारलाई प्रेस मैत्री हुन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु