माओवादी केन्द्रको संगठन विस्तार तिव्र

देवदह । नेकपा माओवादी केन्द्र देवदहले संगठन विस्तारलाई तिव्रता दिएको छ । केन्द्रको निर्देशन अनुसार संगठन निर्माणलाई तिव्रता दिइएको पार्टीका नगर संयोजक केदार काफ्लले जानकारी दिए । सोही क्रममा शनिबार देवदह २ र ३ को वडा भेला गरेर वडा कमिटी गठन गरीएको छ ।

वडा नम्बर २ मा किशोर काफ्ले अध्यक्ष र घनश्याम गिरी सचिव रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरीएको छ । त्यस्तैगरी रघुनाथ भर अध्यक्ष र दिपेश सापकोटा सचिव रहनेगरी ३५ सदस्यीय योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल) को वडा कमिटी पनि गठन गरीएको छ । वडा नम्बर ३ मा चुणामणी भारती अध्यक्ष र ऋषिराम चौधरी र ७ जनाको सचिवालय रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरीएको छ । वडा नम्बर ३ को वडा भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका युवा नेता सुजित बिकले पार्टी संगठनलाई मजबुद बनाएर अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए ।

माओवादीले दश बर्षे जनयुद्ध गरेका कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र राज्यका हरेक निकायमा शोषित उत्पिडित बर्गको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै सोही एजेण्डालाई लिएर जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे । नेता बिकले टुटफुट र एकताका कारण अन्यौलता सृजना भएको भन्दै अब तल्लो तह सम्म संगठन विस्तार गर्नु पर्नेमा जोड दिए ।

उनले माओवादी आन्दोलन सफल हुनुमा युद्ध गर्नेहरु संगै खाना ख्वाउने र बास दिने आम नेपालीको पनि महत्वपूर्ण भुमिका रहेको बताए । उनले जनयुद्धका घाइते अपाङ्ग र शहिदको सपना पुरा गर्ने महत्वपूर्ण कार्यभार अबको नयाँ पुस्तामा आएकाले थप सशक्त ढंगले अघि वढ्न आग्रह गरे ।

कार्यक्रममा लेखनाथ न्यौपाने, बिष्णु पाण्डेय, केदार काफ्ले, गणेश खाती र तुल्सिराम न्यौपानेलेले बोलेका थिए । सो अवशरमा शहिद परिवारलाई सम्मान समेत गरीएको छ । सर्वोच्च अदालतले माओवादी र एमाले छुट्याइदिए पछि माओवादीले संगठन निर्माणलाई तिव्रता दिएको हो ।

पछिल्लो समय संघियता गणतन्त्र र धर्म निरपेक्षता समावेशी समानुपातिक राज्य प्रणाली जस्ता माओवादीले उठाउँदै आएका प्रमुख मुद्धाहरु विभिन्न शक्तिले उल्ट्याउने प्रयास गरीरहँदा विभिन्न स्वार्थका कारण टुक्रा टुक्रामा विभाजित माओवादी पार्टी बिच एकता हुनु पर्नेमा कार्यकर्ताहरुले जोड दिएका छन । माओवादी आन्दोलननै विघठनको दिशामा गएको भन्दै मिलेर अघि वढ्न नेताहरुलाई कार्यकर्ताहरुको चर्को दबाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु