बिरगंजमा पनि तपाईको माक्स खोई कार्यक्रम सम्पन्न

बिरगंज, बिश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा ल्याईएको नेपाल माक्स अभियान कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजद्वारा माक्स बितरण गरेको थियो ।


बिहिवार साझ ५ : ४५ बजेको समयमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकराईको अध्यक्षतामा र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि. राजेशराज पुरीको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रमका बिशिस्ट अतिथिमा बीरगंज महा-नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वैजु स्वर्णकार , तेस्तै अतिथीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दिपेन्द्र साह , अतिथिमा माईती नेपाल पर्साका प्रमुख संगीता पुरी पर्सा बीरगंज महा-नगर पालिका वडा नं. २ सामुदायिक प्रहरी विट देखि वडा नं.३ मालपोतचौक सम्म कोरोना भाईरस विरुद्धको ”महामारी नियन्त्रर्ण र रोकथाममा मेरो प्रतिबद्धता माक्स लगाउनु नै हो आजको आवश्यकता,नेपाल माक्स अभियान, म पनि माक्स लगाउछु र अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु, तपाईको माक्स खोई ? जस्ता जनचेतना मुलक प्लेकार्ड सहित ५०० माक्स वितरण गर्नु साथै कोरोना भाइरस सम्बन्धी जिङ्गल बजाई कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो ।

वडा न.२ का महिला सदस्य नेसा खातुन , माइती नेपालका गोमा पौडेल राईजिङ बीरगंज नेपालका आरजु खान , सामुदायिक पदाधीकारीहरु व.उपाध्यक्ष मो.अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सचिव प्रविण बिक्रम शाह, सदस्य अजित कुमार भजेल, अब्दुल कैश मिँया तेली, धिरज शर्मा,सहेब हुसेन, अरुण कुमार गोयल,जेयाउल हक समानि, प्र.स.नि. मुनिलाल राउत, प्र.ह. विजय प्रसाद पटेल र प्र.ज. राज कुमार तामाङ्ग लगायत अं. ४० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु